१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रकाश दाहालको स्मृतिमा राष्ट्रिय ब्याडमिन्टन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५१:oo

माओवादी नेता स्व. प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हब नेपाल प्रालिको आयोजनामा २५ पुसदेखि प्रतियोगिता हुनेछ । ब्याडमिन्टन संघको मान्यता प्राप्त वरीयतासहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल र पुरुष युगल (ब्याडमिन्टन संघको उच्च २० वरीयताबाहेक) को स्पर्धा रहेको आयोजक समितिका निर्देशक एवं संयोजक आङकुसाङ शेर्पाले जानकारी दिए । उनका अनुसार स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्षभन्दा माथि र ४५ वर्षभन्दा माथि गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिता सञ्चालन गर्न २५ लाख बजेट रहेको छ । विजेताले ४५ हजार, उपविजेताले २५ हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक एवं स्पोर्टस् हबका सञ्चालक अश्मेल शाहीले जानकारी गराए । वरीयतासहितको राष्ट्रिय प्रतियोगिता रहेकाले चार सय खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ । ‘हामीले विगतमा पनि प्रतियोगिता आयोजना गर्दै आइरहेका थियौँ, यसमा खेलाडीको अत्यन्तै चाप रहेको छ,’ शेर्पाले भने, ‘यसपटक नेपाल ब्याडमिन्टन संघको वरीयतासमेत हुने भएका कारण खेलाडी थप उत्साहित छन् ।’ 

यसैबीच, विश्व ब्याडमिन्टन महासंघको आयोजनामा हुने पाँचौँ फजा दुबई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२३ मा निर्णायकको भूमिका निर्वाह गर्न नेपाली निर्णायक राजु देउजा संयुक्त अरब इमिरेटको दुबई प्रस्थान गरेका छन् । ११ देखि १७ डिसेम्बरसम्म आयोजना हुने विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) पारा ब्याडमिन्टन इन्टरनेसनल लेभल २ प्रतियोगितामा अम्पायर देउजाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।