१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी उपमहासचिव मातृका यादव अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:oo:oo

माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री मातृका यादव टाउको दुख्ने समस्या बल्झिएपछि आइतबार साँझ उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका छन्।

पछिल्लो समय यादव माओवादी केन्द्रले १६ भदौदेखि जारी राखेको पार्टी रूपान्तरण अभियानका लागि कर्णाली इन्चार्ज भई त्यस क्षेत्रमा निरन्तर खटिएका थिए। 

अभियानकै क्रममा रहेका वेला टाउको दुख्ने पुरानो रोग बल्झिएपछि उनी गत मंगलबार काठमाडौं फर्किएका थिए। त्यसपछि घरमै आराम गरिरहेका उनलाई टाउको दुख्ने समस्या बढ्दै गएकाले आइतबार साँझ अस्पताल भर्ना गरेको छोरा रविकिरणले जानकारी दिए।

‘बुवालाई टाउको दुख्ने पुरानै रोगले सताएपछि साँझ अस्पताल भर्ना गरेका छौँ। अहिले डाक्टरहरूले सामान्य वार्डमा औषधि चलाएर उपचार गरिरहनुभएको छ,’ उनले भने।