१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:४५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

अख्तियारको भूमिका निष्पक्ष हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

‘संसद्ले पास गरेको बजेटका विषयमा अख्तियारको चासो अनुपयुक्त’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४५:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन्।

शनिबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैलाई दुःख दिने र तर्साउने नियतले पनि उजुरी आउनेतर्फ सचेत रहन आयोगलाई आग्रह गरे।

मुख्यमन्त्री जम्कट्टेलले अख्तियारले झुटा निवेदनको पहिचान गरी सत्य, तथ्य छानबिन गरेर मुलुकमा सुशासन कायम गर्ने सरकारको अभियानमा साथ दिनुपर्ने प्रस्ट पारे। उनले भने, ‘कहिले काहीँ अख्तियारको नियतमाथि नै पनि शंका उब्जने गरेको छ। संसद्ले पास गरेको बजेटका विषयहरूमा समेत अख्तियारले चासो बढाउनु उपयुक्त होइन।’

मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक नेतृत्वका कारण पनि देशमा भ्रष्टाचार बढेको बताए। ‘राजनीतिक दलका नेताहरू नै निष्पक्ष, पारदर्शी र स्वार्थरहित ढंगले काम गर्न सक्दैनन्। राजनीतिक संरक्षणका कारण भ्रष्टाचार मौलाएको छ। दलका नेताहरू स्वार्थरहित हुन सकेका छैनन्,’ उनले भने।

भ्रष्टाचारमा मुछिएकाहरूलाई राजनीतिक रंग दिएर जोगाउने चेष्टा हुने गरेकोमा मुख्यमन्त्री जम्कट्टेलले आपत्ति जनाए। कर्मचारीहरू राजनीतिक दबाबमा पर्नु, गर्नै नमिल्ने काम हुन्न भन्न नसक्नु, आर्थिक प्रलोभनमा पर्नुले पनि भ्रष्टाचार बढेको उनले प्रस्ट पारे। उनले गलत काममा राजनीतिक नेतृत्वको दबाबमा नपर्न कर्मचारीहरूलाई आग्रह गरेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख नरहरि घिमिरेले कार्यपत्र प्रस्तुत गरेको उक्त कायक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुमन्त्री गंगानारायण श्रेष्ठ, प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायलगायतको उपस्थिति रहेको थियो।