१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिमकोटको कैलाश माविमा बालमैत्री खानेपानी धारा निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५o:oo

सिमकोट गाउँपालिका– ७ मा रहेको कैलाश माध्यमिक विद्यालयमा बालमैत्रीपूर्ण खानेपानी धारा निर्माण गरिएको छ।

गैरसरकारी संस्था गुड नेबर्स इन्टरनेसनल नेपाल र स्नोल्यान्ड एकीकृत विकास केन्द्र (एसआइडिसी)को आर्थिक सहयोगमा बालमैत्री खानेपानी धारा निर्माण गरिएको हो।

चार लाख ४६ हजार ६६ रुपैयाँ लागतमा धारा निर्माण भएको विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले जानकारी दिए। उनका अनुसार विद्यालयमा बालबालिकाहरूलाई खानेपानीको समस्या भएपछि गुडनेबर्स इन्टरनेसनल नेपाल र एसआइडिसीले धारा निर्माण गरिदिएका हुन्।

धारा निर्माणपछि उक्त विद्यालयका २६७ विद्यार्थी र १८ शिक्षक लाभान्वित भएका छन्।

ad
ad