Skip This
कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २३ शनिबार o८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार o८:२६:oo

कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ।

मोरङको बुढीगंगा–२ टंकीसिनवारीमा रहेको जेभियर्स इंग्लिस विद्यालयले दूरशिक्षा काठमाडौंका प्रशिक्षिकद्वारा शुक्रबारदेखि तालिम सुरु गरेको हो। अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले राससलाई जानकारी दिए।

विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिनेछ। पूर्वाञ्चल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूर शिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्त रूपमा शुभारम्भ गर्दै मुलुकलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा  योगदान पुग्ने विश्वास व्यक्त गरे। 

विद्यालयले दूर शिक्षालाई रु १० लाख भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ। आगामी एक वर्षसम्म दूर शिक्षाले सूचना प्रविधिका ४८ वटा विधामा तालिम सञ्चालन गर्नेछ।