१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

२३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप माघकाे दाेस्राे साता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३५:oo

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औँ संस्करण आउँदो माघकाे दोस्रो सातबाट सुरु हुने भएको छ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराको आयोजनामा तथा हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने भएको हो।

आयोजकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता आउँदो माघ दोस्रो साताबाट हुने जानकारी गराएको हो।

क्लबका अध्यक्ष केशवराज बरालका अनुसार प्रतियोगितामा ए डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लिगका टिम, मोफसलका टिम, आयोजक सहारा क्लबसँगै विदेशी टोलीले प्रतिस्पर्धा गर्नेछन्। 

विगत २२ वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले ०५८ सालदेखि फुटबल एकेडेमीसमेत सञ्चालनका गरिरहेको छ। 

कठिन परिस्थिति र विपन्न वर्गका बालकहरू आश्रित पोखरा– १७ दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल चौथो ब्याचका बालक छन्। उनीहरूको पालनपोषण, शिक्षादीक्षासँगै फुटबल प्रशिक्षणको काम क्लबले गर्दै आएको छ।