१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर २२ शुक्रबार १७:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पुरुष डबल्सतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरीको जोडीलाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १७:o५:oo

नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडीले पोखरामा जारी आइटिएफ जे–३० को दोस्राे सर्किटअन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेको छ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न महिला डबल्सतर्फको खेलमा जापानकी उता आसाकुरा र भारतकी इशी महेश्वरीको जोडीले उपाधि हात पारे।

आरभ र रिकुको जोडीले भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६–२ र ६–३ को सेटमा पराजित गरेकाे हाे भने महिलातर्फ आसाकुरा र महेश्वरीको जोडीले भारतका भेनेला रेडी गारुगुपाटी र सायवी गौरव दलालको जोडीलाई ६–३ र ६–३ को सेटमा पाखा लगायाे।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधिका लागि आरब सम्राज हाडा र एलेक्से सिवोइव भिड्ने भएका छन्। आरबले जापानका रिकु हिगासीलाई ६–३, ६–३ ले र एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा पराजित गर्दै उपाधि यात्रा तय गरेका थिए।

यसैगरी, महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवाला उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार सम्पन्न सेमिफाइनलको खेलमा आसाकुराले भारतका अन्भी पुनागान्टीलाई ६–१, ६–१ र खोराकीवालाले भारतकै भामिका शर्मालाई ६–१, ६–० को सेटमा पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान बनाएका थिए। फाइनल खेल शनिबार हुनेछ।