Skip This
नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २२ शुक्रबार १५:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १५:२o:oo

एसिसी यू– १९ एकदिवसीय एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली यू– १९ टिमले पाकिस्तानको यू–१९ टिमलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । 

युएईको दुबईमा आजबाट सुरु प्रतियोगिताको पहिलो खेलमा नेपालले ४७.२ ओभरमा अलआउट हुँदै एक सय ५२ रन बनायो । नेपालका लागि उत्तम रञ्जु थापामगरले ५१ रन बनाए । ७६ बलको सामना गरेका उत्तमले दुई छक्का र तीन चौका प्रहार गरे । 

अर्धशतक बनाएलगत्तै उनी अमिर हासानको बलमा कट एन्ड बोल्ड हुन पुगे । यस्तै, बलर दीपेश कँडेलले ५९ बलमा ३१ रनको महत्वपूर्ण इनिङ खेले । उनले एक छक्का र दुई चौका प्रहार गरे । 

४६ रन बनाउँदा नेपालले आफ्ना पाँच मुख्य ब्याटर गुमाइसकेको थियो । यस्तोमा उत्तम र दीपेशले केहीबेर इनिङ सम्हाले । यी दुईले ६८ रनको साझेदारी गरेपछि नेपालले यो स्कोर खडा गर्न सकेको हो । 

पाकिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । तर, पाकिस्तानको यू– १९ टिमका बलर हाबी भएपछि नेपाल यू– १९ टिमका मुख्य ब्याटर सस्तैमा आउट भए । 

नेपाली ओपनर अर्जुन कुमाल २१, अर्का ओपनर तिलक भण्डारी सात, मध्यक्रमका आकाश त्रिपाठी ६ र कप्तान देव त्रिपाठी शून्य रनमा पेभेलियन फर्किएपछि नेपाल संकटमा पर्‍याे ।

अझ, यही प्रतियोगिताका लागि भनेर टिममा समावेश गरिएका राष्ट्रिय सिनियर टिमका अलराउन्डर गुल्सन झा एक रनमै बोल्ड भएपछि नेपालको कमर भाँचिएको हो ।

विशालविक्रम केसीले एक रन बनाए भने विकेटकिपर विपिन रावल शून्य रनमा आउट भए । अन्तिम विकेटका रूपमा आकाश चन्दले पाँच रन बनाउँदा सुवास भण्डारी आठ रनमा अविजित रहे ।