१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Wednesday, 16 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २२ शुक्रबार १२:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १२:oo:oo

नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिआइएमएमवाइटी)ले एक दशक लामो साझेदारीपत्रमा हस्ताक्षर गरेका छन्।

बुधबार नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र मकै तथा गहुँ सुधार केन्द्रका महानिर्देशक ब्राम गोवर्टले दशवर्षे सहयोग सम्झौतामा कृषिमन्त्री बेदुराम भुसालको उपस्थितिमा हस्ताक्षर गरेका हुन्।

नेपालमा कृषि क्षेत्रको बढी उत्पादन र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो साझेदारी गरिएको बताइएको छ। यसका साथै कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन दुवै निकायको प्रतिबद्धतालाई यो साझेदारीले बलियो बनाउने विश्वास गरिएको छ।

हस्ताक्षरपश्चात् कृषिमन्त्री बेदुराम भुसालले यो साझेदारीले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।