१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ १८ जेठमा रिलिज हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३८:oo

नवीन सुब्बा निर्देशित  सिनेमा ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति सार्वजनिक भएको छ।

निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै जेठ १८ का लागि प्रदर्शन मिति तय गरेकाे हाे। सिनेमामा दयाहाङ राई, पशुपति राई तथा प्रसान राई मुख्य भूमिकामा छन्।

सिनेमाको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका हुन्। मेन्छ्याम फिक्चर्स तथा बुँसुरी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता अमोद राई र निर्देशक  सुब्बा हुन्।

सिनेमाले  गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ।

‘नुमाफुङ’ सिनेमा बनाएर प्रशंसा बटुलेका सुब्बाको ‘गाउँ आएको बाटो’  तेस्राे फिचर सिनेमा हो। उनले दोस्राे सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन।

 विश्वका प्रतिष्ठित चलचित्र महोत्सवमा सहभागी भइसकेको गाउँ आएको बाटो’ प्रतीक्षित सिनेमा हो।