१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १६:५१:oo

त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभावलगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ। 

विश्वविद्यालयको जल तथा मौलम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन तथा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड)को सहयोगमा सो कक्षा सञ्चालन गरेको हो।

रिमोट सेन्सिङ प्रविधिका माध्यमबाट हिउँ र हिमनदीको स्थलगत अध्ययन हुने सो कक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका २५ विद्यार्थी सहभागी छन्।

विज्ञ प्राध्यापकबाट आजदेखि आगामी पुस १ गतेसम्म ११ दिनसम्म सञ्चालन हुने कक्षामा सहभागी विद्यार्थीमध्ये नौजना सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा रहेको हिमनदीको तत्कालीन अध्ययन गरी फर्किएका छन्। कक्षामा भारतका दुई, पाकिस्तानका एक, भुटानका एक र थाइल्यान्डका एक विद्यार्थीसमेत संलग्न छन्।

कक्षा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसालले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमार्फत विद्यार्थीको  सिकाइलाई थप प्रभावकारी र व्यावहारिक बनाउन यस कक्षाबाट अन्य विभागसमेत प्रोत्साहित हुनुपर्ने बताए। 

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. विनिल अर्यालले अन्तर्देशीय शैक्षिक सहकार्यमार्फत विभागले जल तथा मौसम विज्ञान विषयको क्षेत्रमा आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्दै गइरहेको र स्थलगत अध्ययनपश्चात् सञ्चालन गरी कक्षाबाट विद्यार्थी थप लाभान्वित हुने बताए।

आइआरडीका प्रतिनिधि डा. प्याट्रिक वागनोन र डा. एडिना राकोभिटानुले विद्यार्थीलाई कक्षामा आफ्नो उत्सुकतासम्बन्धी सम्पूर्ण प्रश्न सोध्न अनुरोध गरेका थिए।

विभागका प्रमुख प्रा.डा. दीपक अर्यालले सो कक्षा सञ्चालनले विद्यार्थीमा अध्ययन र अनुसन्धानप्रति थप आकर्षण बढाएको र स्थलगत अध्ययनमार्फत बौद्धिक क्षमताको विकास गराउनसमेत सफल भइरहेको बताए।