
वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दसैँलक्षित ‘दसैँमा १० गुणा’ अभियानको विजेता छानिएको छ । योजनामा इटहरीकी होमादेवी पाण्डेले बम्पर लक्की ड्रमार्फत प्राप्त कारोबार रकमको १० गुणा रकम जितेकी हुन् ।
वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटिटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको कम्पनीले जनाएको छ । नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैँ, तिहार र छठलाई लक्षित गरी यो योजना सुरु गरेको थियो ।
बम्परमा प्राप्त रकमको १० गुणाबाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले विश्वका दुई सयभन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको जनाएको छ ।