Skip This
लालझाडी इन्जिनियर कुटपिट प्रकरण : ठेकेदार र इन्जिनियरबीच मिलापत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o मङ्सिर २० बुधबार १७:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लालझाडी इन्जिनियर कुटपिट प्रकरण : ठेकेदार र इन्जिनियरबीच मिलापत्र

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार १७:२८:oo

कञ्चनपुरको लालझाडी गाँउपालिका इन्जिनियर रामप्रसाद अवस्थी कुटपिट प्रकरण साम्य भएको छ। इन्जिनियर अवस्थी कुटपिट प्रकरण १० दिनमा साम्य भएको हो। बुधबार इलाका प्रहरी कार्यालय बेलौरीमा मिलापत्र भएको छ।
 
११ मंसिरमा निर्माण व्यवसायी भीमसेन राना समूहले इन्जिनियर अवस्थीमाथि कुटपिट गरेका थिए। कुटपिट प्रकरणमा इन्जिनियर अवस्थीले कन्दकला कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका सञ्चालकसमेत रहेका रानासहित तीनजनाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। यता इन्जिनियर अवस्थीविरुद्ध ठेकेदार रानाले अख्तियारमा उजुरी दिएका थिए। 

१५ मंसिरमा इन्जिनियर कुटपिट प्रकरणमा पक्राउ परेका ठेकेदार पनि रिहा भएका छन्। ठेकेदारसहित तीनैजनाले इन्जिनियर अवस्थीसँग लिखित माफी मागेका छन्। ठेकेदार राना, उनका सहयोगी जगदीश राना र नरेश रानाले इन्जिनियरसँग माफी मागेका हुन्।

लालझाडी गाँउपालिका-२ कन्ज बजारमा निर्माण भइरहेको सडक स्तरोन्नति योजनामा ११ मंसिरमा भएको निर्माण व्यवसायीका पक्षबाट इन्जिनियर अवस्थीमाथि भएकाे दुर्व्यवहार तथा हातपातका विषयमा सार्वजनिक रूपमा माफी मागेका छन्। माफीपछि दुवै पक्षले एकअर्काप्रति लगाएकाे आराेप पनि निराधार भएकाे बताए।  

मंगलबार निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जनप्रसाद भट्टको अध्यक्षतामा इन्जिनियर एसोसिएसन, निर्माण व्यवसायी संघ र लालझाडीका जनप्रतिनिधिबीच भएको बैठकले ६ बुँदे सहमति गरेपछि पक्राउ परेका ठेकेदार राना हिरासत मुक्त भएका छन्। 

निर्माण व्यवसायी रानासँगै इन्जिनियरको जाहेरीमा उल्लेख भएका नरेश राना र जगदीश रानालाई कानुनबमोजिम माफी माग्न लगाउने, ठेकेदारबाट इन्जिनियरले पैसा मागेको विषयमा इप्रका बेलौरीमा माफी माग्ने, अन्य कर्मचारीलाई सुरक्षित भयरहित वातावरण कायम गराउने, आगामी दिनमा घटना दोहोरिन नदिने, इन्जिनियरको कानको थप सर्जरी गर्नुपर्ने भएकाले व्यवसायीबाट उपचार खर्च व्यहोर्ने, थप उजुरबाजुर नगर्ने/नगराउने, कन्ज सडक स्तरोन्नति गर्दै सहमति कार्यान्वयन गर्ने भएका छन्। उक्त प्रकरणलाई लिएर स्थानीयले सडक निर्माण समयमै गर्नुपर्ने माग अघि सारेका छन्। 

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जनप्रसाद भट्टको अध्यक्षतामा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, नेपाल इन्जिनियर एसोसिएसनका सुदूरपश्चिम सचिव पदमबहादुर मडैसहितका निर्माण व्यवसायी र सरोकारवालाको बैठकले आगामी दिनमा यस्ता घटना नदोहोरिने विषयमा सहमति गरेका थिए। लालझाडीमा उक्त घटना घटेपछि योजनाको कामकाज प्रभावित भएको छ।