१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० मङ्सिर २० बुधबार १६:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अटो दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर 

Read Time : < 1 मिनेट
२०८० मङ्सिर २० बुधबार १६:३४:००

मकवानपुरको बकैयामा अटो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।

मकवानपुर प्रहरीका अनुसार बुधबार दिउँसो धरान–चतरा सडकखण्डअन्तर्गत बकैया गाउँपालिका– ४ पाङदुरेमा हात्तीसुँडेबाट जुरेलीतर्फ आउँदै गरेको बागमती प्रेदश ०३/००१ ह ३३९ नम्बरको अटो आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते हुनेमा बकैया- ३ जितदमार बस्ने ३४ वर्षका देवलाल जिम्बा, निजको श्रीमती ३१ वर्षकी ठूलीमाया जिम्बा, छोरा १२ वर्षका सृजल जिम्बा, सोही स्थानका २६ वर्षकी सुनीमाया भ्लोन र १२ वर्षका युदिर बोगटी रहेका छन्।

घाइतेमध्ये १२ वर्षका सृजलको अवस्था गम्भीर रहेको र घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ।