
नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बालकृष्ण खाणको थुनछेकका विषयमा अर्को बिहीबार निर्णय हुने भएको छ।
उक्त दिन गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजलासले खाण थुनामै रहने वा धरौटी वा साधारण तारेखमा रिहा हुने भन्ने विषयमा आदेश दिनेछ।
शुक्रबार उच्च अदालत पाटनको संयुक्त इजलासले यस प्रकरणमा थुनामा रहेकाहरू तथा सरकारले दर्ता गराएको निवेदनहरूमाथि अन्तिम आदेश दिएको थियो। जिल्ला अदालतले गत १ असारमा गरेको आदेश बदरको माग दुवै पक्षले गरेका थिए।
तर, न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले अन्य पक्षहरूका विषयमा फैसला दिए पनि खाणको विषयमा दुवै न्यायाधीशको राय बाझिएको थियो। यसै विषयमा २८ मंसिरमा निर्णय हुने उच्चले जनाएको छ।