१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एनसेल सेयर खरिद-बिक्री प्रकरणबारे गम्भीर छानबिन हुनुपर्छ : सांसद  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४४:oo

एनसेल आजियfटा लिमिटेडले सेयर खरिद–बिक्रीसम्बन्धी गम्भीर छानबिन पर्न माग गरेको छन्।

बुधबार बसेको अर्थ समितिकाे बैठकमा सांसदहरू दीपक खड्का, विराजभक्त श्रेष्ठ, गंगा कार्की, पूर्णबहादुर तामाङलगायतले एनसेल खरिद–बिक्री प्रकरणबारे गम्भीर छानबिनको माग गरेका छन्। 

यति ठूलो व्यावसायिक कारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद र विद्यमान कानुनको उल्लंघन रहेकाले यसबारे राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने उनीहरूको धारणा थियो।

कागजात संकलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ।

बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सेयर खरिद–बिक्रीबारे एनसेलसँग जानकारी माग गरिएको र त्यसको जवाफ प्राप्त भएको जानकारी गराएका छन्। 

उनले सेयर खरिद–बिक्रीसँग सम्बन्धित कागजात संकलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताए। 

समितिमा एनसेलको सेयर खरिद–बिक्री शंकास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने पनि अध्यक्ष खनालले जानकारी दिए। 

यस्तै, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थ समितिमा बोलाएर जानकारी माग्नुपर्ने बताए। यस प्रकरणले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ता माझ नकारात्मक सन्देश जाने वाग्लेको भनाइ थियो।

प्राधिकरणको रु. दुई अर्ब २५ करोड बेरुजु बक्यौताबारे पनि समितिले प्राधिकरणसँग जवाफ माग गरेको थियो। सो सन्दर्भमा विभिन्न नौवटा दूरञ्चार सेवा प्रदायक कम्पनीबाट असुलउपर गरिनुपर्ने बक्यौता तीन महिनाभित्र बुझाउन भनिएको प्राधिकरणले जनाएको छ।