Skip This
रास्वपाको सचिवालय बैठक बस्दै, नयाँ केन्द्रीय सदस्यको शपथ पनि आजै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २० बुधबार १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाको सचिवालय बैठक बस्दै, नयाँ केन्द्रीय सदस्यको शपथ पनि आजै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार १२:३८:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दै छ। रास्वपा केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताइन्। 

 उनका अनुसार थपिएका केन्द्रीय सदस्यहरूले आज  शपथ लिने कार्यक्रम छ। ‘साँझ ५ बजे सचिवालयको बैठक र त्यसभन्दा अघि नवमनोनीत केन्द्रीय सदस्यको शपथग्रहणको कार्यक्रम छ,’ सहप्रवक्ता रावलले भनिन्। 

महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीका केन्द्रीय सदस्य थपिएको थियो। बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।