१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८o मङ्सिर २० बुधबार o९:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री अस्पतालमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार o९:२६:oo

उपप्रधानमन्त्रीको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

केहीबेरअघि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ मंगलबार अस्पताल भर्ना भएका छन् । उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले एन्जिओप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको छ । उनको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रले जनाएको छ ।