१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले छानबिन गर्ने, अनियमितता भए सम्बन्धित सबैलाई कारबाही गरिने

एनसेल सेयर खरिदबिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३४:oo

सरकारले एनसेलको सेयर खरिदबिक्रीमा कुनै अनियमितता भएको पाइए सम्बन्धित सबैलाई कारबाही गर्ने स्पष्ट पारेको छ। 

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज एक विज्ञप्ति जारी गरेकी छिन्। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस सम्बन्धमा आवश्यक छानबिनका लागि सम्बन्धित निकायलाई १८ मंसिरमा निर्देशन दिइसकेको जनाउँदै सेयर खरिदबिक्रीमा कुनै अनियमितता भएको पाइए सम्बन्धित सबैलाई कारबाही गर्ने स्पष्ट पारेकी छिन्। 

‘नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ।’