१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 10 May, 2025
रासस आक्रा
२o८o मङ्सिर १९ मंगलबार १२:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने’

Read Time : < 1 मिनेट
रासस, आक्रा
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १२:४४:oo

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउने विश्वास गरिएको छ।

दर्जनौँ अफ्रिकी मिडिया प्रतिनिधिहरूबीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोगबारे विश्वव्यापी मिडिया आउटलेटहरूको समझदारी बढाउने घानास्थित मिडियाले जनाएका छन्।

शिखर सम्मेलनले अफ्रिकी मिडिया आउटलेटहरूका लागि विश्वभरका आफ्ना समकक्षीहरूसँग अन्तर्क्रिया गर्नका लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको न्युज गहका प्रबन्ध–निर्देशक रोजर अगानाले बताएकी छिन्।

पाँचौँ विश्व मिडिया शिखर सम्मेलन आयोजना भएको चिनियाँ सहर ग्वाङझाउमा शुक्रबार अवतरण गरेकी अगानाले भनेकी छिन्, ‘म विश्वसँग घुलमिल हुन तयार छु। विश्वले अफ्रिका र चीनको वास्तविकता थाहा पाउनु आवश्यक छ र उनीहरूले कसरी दुवै देशका जनतालाई फाइदा पुर्‍याउन सहयोग गरिरहेका छन्।’

विभिन्न पक्षहरूमा चीन–अफ्रिका सहयोगले सम्पूर्ण विश्वका लागि राम्रो उदाहरण प्रस्तुत गरेको छ। उनले चीन मैत्रीपूर्ण सहयोगका लागि सधैँ तयार रहेको बताएकी छिन्। अगानाले चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)बाट अफ्रिकाले व्यापार प्रवर्द्धन गर्न र त्यहाँको पूर्वाधारको विकासमा भूमिका खेल्न ठूलो फाइदा पुगेको धारणा राखेकी छिन्।

बिआरआई प्रशंसनीय परियोजना भएको र यसले सडक, रेल्वे, बन्दरगाह र विमानस्थलहरू निर्माण गर्न मद्दत गरिरहेको र अफ्रिका महाद्वीपमा व्यापार सहजीकरणका लागि पूर्वाधार मेरुदण्ड बनेको उनले बताएकी छिन्।