Skip This
पश्चिम नवलपरासीका उखु किसानले पाए अनुदान रकम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १९ मंगलबार ११:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पश्चिम नवलपरासीका उखु किसानले पाए अनुदान रकम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार ११:३४:oo

पश्चिम नवलपरासीका उखु किसानले सरकारी अनुदानबापतको रकम भुक्तानी पाएका छन् । सरकारले दिने अनुदानबापतको रकम यसपटक किसानले समयमै पाएका हुन् । कृषि मन्त्रालयले कृषि विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख रुपैयाँ अनुदान रकम वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासीले जनाएको छ ।

कोलेनिका प्रमुख परशुराम नेपालले भने ‘दसैँअगाडि नै कृषि विभागबाट १५ करोड रुपैयाँको अख्तियारी आएको हो । त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर कागजात रुजुपछि वितरण सुरु गरिसकेका छौँ ।’ ६ हजार एक सय ९४ किसानका लागि अनुदान रकम आएको उनको भनाइ छ ।  

कृषि मन्त्रालयले आर्थिक वर्ष ०७९/८० का लागि अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकम वितरण गरिएको हो । चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताए । उनले भने, ‘उखु किसानलाई दिने रकम उनीहरूको खातामा पठाइसकेका छौँ ।’ 

उखुबापतको अनुदान रकम समयमै प्राप्त गर्न त्यस जिल्लाका प्रतिनिधिसभा सांसद विनोद चौधरीले पहल गरेको सुस्ता बिर्ताका किसान राजेश्वर जयसवालले बताए । सांसद चौधरीले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई निरन्तर ताकेता गर्दै आएको नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य देवकरणप्रसाद कलवार ‘सन्तु’ले बताए ।