Skip This
युएसआइडीका सहायक प्रशासक नेपालमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १९ मंगलबार o९:५o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

युएसआइडीका सहायक प्रशासक नेपालमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार o९:५o:oo

कृषि र स्वास्थ्य कार्यक्रममा तीन अर्ब ८९ करोड सहयोग

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले पञ्चवर्षीय कृषि कार्यक्रममा तीन अर्ब र तीन वर्षीय स्वास्थ्य कार्यक्रमका लागि ८९ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका युएसएआइडीका एसिया ब्युरोका सहायक प्रशासक माइकल सिफरले यसबारे जानकारी दिएका हुन् । कृषि र स्वास्थ्य मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन हुनेछन् । 

सहायक प्रशासक सिफर १३ मंसिरमा नेपाल भ्रमणमा आएका हुन् । उनले अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गरिसकेका छन् । ‘फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामग्री’ नामक नयाँ कार्यक्रमअन्तर्गत करिब सवा तीन अर्ब रुपैयाँको कोष उपलब्ध हुनेछ । युएसएआइडीका अनुसार कार्यक्रमले कृषि सामग्रीसम्मको पहुँचलाई व्यवस्थित बनाउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्‍याउने युएसएआइडीले विश्वास लिएको छ ।

सिफरले बिउ, मल, सिँचाइ र कृषि यान्त्रीकरणमा सहयोगकेन्द्रित हुने बताएका छन् । कृषिअन्तर्गत सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका १६ जिल्लामा पञ्चवर्षीय कार्यक्रम सञ्चालन हुनेछन् । ‘आर्थिक वृद्धि र समृद्धिको पथमा युएसएआइडी लामो समयदेखिको साझेदार हो र वैश्विक खाद्य सुरक्षा रणनीतिअन्तर्गतको ‘फिड द फ्युचर’ पहलमा नेपाल हाम्रो प्राथमिकताप्राप्त मुलुकमा परेको छ,’ सिफरले भने, ‘यसको लक्ष्य उत्पादकत्व वृद्धि गर्नु मात्र होइन, यो त साना किसानलाई सबल बनाउन, गरिबी घटाउन र ग्रामीण आय बढाउन हो । नेपाली जनतालाई लाभ पुर्‍याउने समावेशी विकास मोडेलको सिर्जना गर्न हो । साथै, रोजगारी सिर्जना गर्न, आर्थिक विकासलाई उत्प्रेरित गर्न र स्थानीय समुदायका जीवनमा सार्थक परिवर्तन ल्याउन हो ।’ 

कार्यक्रमले आधुनिक कृषि सामग्री तथा प्रविधिमा पहुँच अभिवृद्धि गराई दुई लाखभन्दा बढी किसान र उनीहरूका परिवारलाई लाभान्वित गर्ने अपेक्षा राखिएको छ । यसले उत्पादकत्व र आयवृद्धि गरी नेपालमा गरिबी न्यूनीकरण र खाद्य सुरक्षामा सुधार गर्ने युएसएआइडीले जनाएको छ । 

स्वास्थ्यमा ८९ करोडको कार्यक्रम घोषणा
युएसएआइडी र स्वास्थ्य मन्त्रालयले अमेरिकी सहयोगमा विश्व स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु गरेका छन् । नयाँ संक्रामक रोग रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रुत रूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउन अमेरिकी सहयोग आएको युएसएआइडीले जनाएको छ । यसका लागि युएसएआइडीमार्फत अमेरिकाले तीन वर्षमा करिब ८९ करोड रकम उपलब्ध गराउने भएको छ । ‘यो कार्यक्रम नेपालीको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने दिशामा एउटा महत्वपूर्ण अग्रगामी कदम हो । यसले विश्व स्वास्थ्य तथा महामारीको पूर्वतयारीप्रति युएसएआइडीको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ युएसएआइडीका एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल सिफरले भने ।

कार्यक्रमको कार्यान्वयन पारिस्थितिक प्रणाली, वन्यजन्तु तथा घरपालुवा जनावर र मानिसको स्वास्थ्यमा अन्तर्निर्भरता स्वीकार गर्ने सहकार्यात्मक तथा अन्तरविधागत विधि ‘वान हेल्थ’मार्फत गरिने युएसएआइडीले जनाएको छ । ‘स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सास्वरूप यस साझेदारीले सन् २०२५ सम्म ५० देशको प्राविधिक क्षमता अभिवृद्धि गर्ने अमेरिकी प्रयासहरूलाई अघि बढाउनेछ,’ युएसएआइडीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।