Skip This
एनसेलको सेयर खरिद-बिक्रीको वैधता निर्क्यौल गर्न प्रधानमन्त्रीको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Saturday, 27 July, 2024
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फाइल तस्बिर ।
रासस
२o८o मङ्सिर १८ सोमबार १९:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एनसेलको सेयर खरिद-बिक्रीको वैधता निर्क्यौल गर्न प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
रासस
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १९:२६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको सेयर स्वामित्व खरिद-बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्यौल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

एनसेलको सेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्रावधान तथा विधि र प्रक्रिया पालना भए–नभएकोबारे बुझ्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। 

शर्माका अनुसार यो व्यावसायिक सम्झौताबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा शीघ्र अध्ययन गर्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन्।

मलेसियन कम्पनी आजियाटा ग्रुपले गत शुक्रबार एनसेलको ८० प्रतिशत सेयर स्वामित्व अर्को कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो। नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुकबाहिरबाट सेयर खरिद–बिक्री भएको भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका छन्।

एनसेलको स्वामित्व खरिद–बिक्रीका विषयमा संघीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले पनि अध्ययन थालेको छ। समितिले आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै यस विषयमा जानकारी मागेको हो।  (रासस)