Skip This
हुम्लामा हिमपात, जनजीवन प्रभावित (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १८ सोमबार १o:४९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हुम्लामा हिमपात, जनजीवन प्रभावित (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १o:४९:oo

सोमबार बिहानदेखि हुम्ला जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसो पनि बढेको छ।  हिमपातपछि  नेपालगन्ज र सुर्खेतबाट हुँदै आएका हवाई उडानसमेत प्रभावित भएका छन्। 

 

यस  वर्षको पहिलो हिमपातले कृषकको मुहारमा खुसी छाएको छ। झन्डै एक फिटजति सदरमुकाम सिमकोटमा हिउँ जमेको छ। मंसिरमा छरेर जेठ महिनामा भित्र्याउने जेठासी बाली राम्रो हुने भएपछि कृषकको मुहारमा खुसी छाएको छ।

हिमपातले उत्तरी नाम्खा गाउँपालिका- ६ को लिमी जाने न्यालुलेख बन्द भएको नाम्खा गाउँपालिका- ६ का  वडाध्यक्ष पाल्जोर तामाङले बताए।

अब थप हिमपात भएपछि लिमी आवतजावत गर्न कठिन हुने वडाध्यक्ष तामाङले बताए। उत्तरी हिल्सानाका जाने नारालेख पनि हिउँले छोपेको छ।