१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कोप– २८ मा सहभागी भई स्वदेश फर्किएपछि विमानस्थलमा प्रधानमन्त्री प्रचण्ड । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जलवायु सम्मेलनबाट फर्किएपछि प्रधानमन्त्रीले भने– नेपालले क्षतिपूर्ति पाउने अवस्था बन्यो

अब हिमाल, पहाड र नेपाल विश्वभरि चर्चामा आयो । त्यसको नेतृत्व नेपालले लियो । आर्थिक र प्राविधिक सहयोग आउने ढुक्कको अवस्था भयो । अग्रपंक्तिमा नेपाल परेको छ ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३५:oo

जलवायु न्यायमा नेपाललाई उचित क्षतिपूर्ति प्राप्त हुने बताएका छन् । दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप– २८)मा नेपालले हिमालको एजेन्डामा नेतृत्व गरेको उनको दाबी छ । सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग प्रधानमन्त्रीले सम्मेलनमा नेपाल विश्वभरि चर्चामा रहेको र नेपालको भूमिका सफल रहेकोे बताए ।

‘अब हिमाल, पहाड र नेपाल विश्वभरि चर्चामा आयो । त्यसको नेतृत्व नेपालले लियो । आर्थिक र प्राविधिक सहयोग आउने ढुक्कको अवस्था भयो,’ जलवायु परिवर्तनमा योगदान नभए पनि नेपालले क्षति व्यहोरेको सन्दर्भमा प्रधानमन्त्रीले भने, ‘अग्रपंक्तिमा नेपाल परेको छ । राष्ट्रसंघका महासचिवको सूचीमा पनि नेपालको नाम अग्रपंक्तिमा छ । क्षतिपूर्ति पाउनेमा परिस्थिति बन्यो, हामी आशावादी छौँ ।’

सम्मेलनमा विगतमा भन्दा यसपालि विकसित मुलुकहरूले जलवायु सम्झौता कार्यान्वयनमा प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले सुनाए । साथै, नेपालले पनि अन्तर्राष्ट्रिय समुदायलाई जोडदार अपिल गरेको उनको भनाइ थियो । ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको भ्रमणको ठूलो प्रभाव सम्मेलनमा पर्‍यो । सबैले नेपालको प्रशंसा गर्नुपर्ने अवस्था आयो । सबैलाई नेपालको नाम नलिइनहुने अवस्था आयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘महासचिव गुटेरेसले नेपालको चर्चा गर्नुभयो । नेपाल जे–जति चर्चामा आयो, यसबाट म सन्तुष्ट छु । मैले सोचेभन्दा पनि राम्रो भयो ।’

जलवायु सम्मेलनमा पहिलोपटक नेपालको आफ्नो छुट्टै पेभिलियन राखेको र यसले विशेष महत्व पाएको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरविरुद्धको लडाइँमा युवा पुस्तालाई संलग्न गराउनुपर्नेमा जोड दिँदै विश्व तापमान वृद्धिको सीमा १.५ डिग्री कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वानसमेत गरेको पनि जानकारी दिए ।

स्वदेश फर्किनुअघि आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघअन्तर्गतका संघ–संस्थाहरूले आयोजना गरेको विपत्बाट पर्न सक्ने जोखिमको पूर्वजानकारीमा सबैको पहुँचका विषयमा बैठकलाई सम्बोधन गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससमेत सहभागी कार्यक्रममा उनले नेपाललगायत अतिकम विकसित मुलुकहरूमा विपत् र जलवायु परिवर्तनका कारण सिर्जित समस्याबारे ध्यानाकर्षण गराएका थिए । 

उनले परिस्थितिको सामना गर्न अतिकम विकसित मुलुकहरूलाई साधन–स्रोत उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए । यो प्रयासमा नेपाललाई प्राथमिकता प्राप्त मुलुकको सूचीमा समावेश गरेकोमा राष्ट्रसंघीय महासचिव गुटेरेसलाई धन्यवाद दिएको प्रधानमन्त्रीको भनाइ थियो । 

आइतबारै बेलायतका विदेश राज्यमन्त्री एन्ड्रयु मिचेलले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गरेका थिए । नेपाल–बेलायत सम्बन्ध, जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य, ब्रिटिस गोर्खाका विषयलगायतमा कुराकानी भएको प्रधानमन्त्रीले जानकारी दिए । 

संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहमम्मद विन रसिद अल मक्टोमको निमन्त्रणामा प्रधानमन्त्री मंसिर १३ देखि दुबईमा थिए । उनले कोप– २८ को उद्घाटन समारोहका अवसरमा उपस्थित विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूसँग भेटघाट गरेका थिए । 

सम्मेलनकै वेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट भएको र उनले भूकम्पपछि नेपालको अवस्था सामान्यीकरण भए–नभएको जिज्ञासा राखेको प्रधानमन्त्रीले सुनाए । भूकम्पपीडितलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन भारत तत्पर रहेको मोदीको भनाइ थियो । 

१३ मंसिरमा ३१ जना यात्रु छुटेकोबारे 
नियमितभन्दा दुई घन्टा अगाडि उडान सारिँदै छ र ३१ जना यात्रु छुटे भन्ने कुरा मलाई उहाँ पुगेपछि पो थाहा भयो । यहाँ मलाई भनिएको थिएन । मलाई थाहा भएको भए उनीहरू छुट्दैनथे । म दुई घन्टा अगाडि जानुपर्ने थिएन । काठमाडौंमा रहँदा मेरो कारण उनीहरू छुट्न लागेको थाहा भएको भए म लिएर जाने थिएँ । 

मन्त्रिपरिषद् पुनर्गठनबारे 
सरकार गठनदेखि नै मन्त्रिपरिषद् पुनर्गठन, हेरफेरको चर्चा चलेको हो । गृहमन्त्री हेरफेरको चर्चा पनि चलेको हो । त्यस्तो केही छैन । केही सोचिएको छैन । मेरो दिमागमा पनि यो कुरा छैन । गठबन्धनमा पनि छलफल भएको छैन । 

एनसेलको सेयर बिक्रीबारे 
यसबारेमा मैले बुझेको छैन । बुझेपछि भनौँला । 

ad
ad