१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लहानको साइकल स्टोरमा आगलागी, करिब ६० लाखको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१४:oo

पूर्व–पश्चिम लोकमार्गसँगै रहेको सिराहाको लहान नगरपालिका– ३  स्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६० लाख रुपैयाँबराबरको क्षति भएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार स्थानीय सुनीलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा आइतबार दिउँसो करिब पौने १ बजेतिर भीषण आगलागी भएको हो। 

आगलागीमा बिक्रीका लागि राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर, ट्युब, पार्टपुर्जालगायत जल्दा करिब ६० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए।

इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरी, स्थानीय बासिन्दा, लहान नगरपालिका तथा गोलबजार नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासमा आगो सवा एक घन्टापछि करिब २ बजेतिर पूर्ण रूपमा निभाइएको छ।

प्रहरीका अनुसार आगलागीको कारण नखुलेको र प्रहरीले क्षतिको यकिन विवरण संकलनसहित घटनाको अनुसन्धान गरिरहेको छ।