१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर १७ आइतबार १५:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जानकी गाउँपालिकाका सर्वेक्षक बम भारतमा मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार १५:o८:oo

कैलालीको जानकी गाउँपालिकामा कार्यरत सर्वेक्षक रमण बम भारतमा मृत फेला परेका छन्।

भारतको बेलरायाँमा शनिबार उनको शव फेला परेको आफन्तले बताएका छन्। आफन्तका अनुसार घरबाट औषधाेपचार गर्न भनी उनी केही दिनअघि भारत गएका थिए।

यसअघि पनि उनी उपचारका लागि वेलावेला भारत जाने गरेका आफन्त महेन्द्र बमले बताएका छन्। मृत्युको कारण थाहा हुन नसकेको उनले बताए। ४१ वर्षीय रमणको शव भारतको लखिपुरमा पोस्टमार्टमपछि शनिबार राति कैलाली ल्याएर आइतबार अन्तिम संस्कार गरिएको छ।

सर्वेक्षक बमको निधनको शोकमा जानकी गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ। कर्मचारीको निधनको शोकमा गाउँपालिका र सबै वडा कार्यालयमा बिदा दिइएको जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले जानकारी दिए।