१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लालझाडीका इन्जिनियर अवस्थीलाई कुट्ने ठेकेदार पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:१७:oo

कञ्चनपुरको लालझाडी गाउँपालिकामा कार्यरत इन्जिनियर रामप्रसाद अवस्थीलाई कुटपिट गर्ने निर्माण व्यवसायी (ठेकेदार) भीमसेन रानालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालयले इन्जिनियर अवस्थीलाई कुट्ने ठेकेदार रानालाई पक्राउ गरेको हो। शुक्रबार रानालाई छलफलका लागि इलाका प्रहरी कार्यालय कन्जमा बोलाएर नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले इन्जिनियर रामप्रसाद अवस्थीले निर्माण व्यवसायी रानाविरुद्ध उजुरी दिएपछि छानबिनका लागि पक्राउ गरिएको बताए। प्रहरी प्रवक्ता डाँगीले पक्राउ गरेका ठेकेदार रानालाई इप्रका बेलौरीमा राखिएको जानकारी दिए।

गत सोमबार इन्जिनियर अवस्थीमाथि ठेकेदार राना समूहले कुटपिट गरेका थिए। गत वर्ष निर्माण व्यवसायी रानाको निर्माण कम्पनी कन्दकला कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले लालझाडी गाउँपालिका-२ कन्जमा सडक कालोपत्रेको ठेक्का पाएको थियो। उक्त ठेक्कामा गुणस्तरहीन काम भएको भन्दै इन्जिनियर अवस्थीले प्रश्न उठाएपछि कुटपिट भएको थियो। 

निर्माण व्यवसायी रानाले भने कुटपिट गरेको विषयलाई अस्वीकार गरेका छन्। उनले योजनाको सुरुवाती चरणदेखि नै इन्जिनियर अवस्थीले आफूलाई दुःख दिएको र सोही विषयको छलफलका क्रममा सामान्य धकेलाधकेल मात्रै भएको बताए। ‘यो योजना सुरु हुँदाकै बखत इन्जिनियर रामप्रसाद अवस्थीले मसँग डेढ लाख घुस मागे। मैले दिइनँ। त्यसपछि उनले मेरो काम र योजनामा जहिल्यै पनि दुःख दिन थाले,’ निर्माण व्यवसायी रानाले भने, ‘इन्जिनियर हुँ भन्दैमा निर्माण व्यवसायीबाट अनधिकृत घुस माग्ने र मैले नदिएपछि काम फरफारक नगरिदिएपछि सामान्य धकेलाधकेल भएको मात्रै हो।’