त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ सर्भिस) अब प्रतिस्पर्धाबाट हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिस्पर्धाको माध्यमबाट छनाेट भएको संस्थामार्फत ग्राउन्ड ह्यान्डलिङ गराउने निर्णय गरेको हो।
यसअघि हालसम्म नेपाल वायुसेवा निगम आफैँले ग्राउन्ड ह्यान्डलिङ गराउँदै आएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम २ बमोजिम सो निर्णय भएको प्राधिकरणले जनाएको छ।