
एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक १८ मंसिरको बिहान ११ बजेका लागि आह्वान गरिएको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
उनका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ । त्यसैगरी, पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि–११) लगायतका विषयमा छलफल गर्ने तयारीसमेत रहेको उनले बताए । (रासस)