Skip This
मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका मकवानपुर
२o८o मङ्सिर १४ बिहीबार १५:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १५:१५:oo

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

पालिकाको बाँसपानीबाट सुकौरातर्फ जाँदै गरेको मोटरसाइकल मकवानपुरगढी– २ बाँसपानीमा सडकबाट करिब सय मिटर तल खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतक एक महिला र एक बच्चाको पहिचान खुल्न सकेको छैन। मोटरसाइकलचालक भने घाइते भएका र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको मोटरसाइकलको नम्बर, मृतक र घाइतेको विवरण खुल्न बाँकी छ।