१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप२८) मा सहभागी लिन दुबई प्रस्थान गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
अमुल थापा काठमाडौं
Invalid date format २१:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड दुबई प्रस्थान

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:५o:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप२८) मा भाग लिन दुबई प्रस्थान गरेका छन्। 

प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे नौ बजे नेपाल एयरलायन्सको विमानबाट दुबई प्रस्थान गरेका हुन् । 

३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने सम्मेलनअन्तर्गत प्रधानमन्त्रीले १ देखि २ डिसेम्बरसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिनेछन्। उनले २ डिसेम्बरमा सो सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।

प्रधानमन्त्रीले २ डिसेम्बरमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वानः जलवायु संकटबाट हामीलाई कसले बचाउँछ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै छन्।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्र प्रमुख-सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको छ। 

उनले आबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तर्क्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। प्रधानमन्त्री प्रचण्ड ३ डिसेम्बरमा फर्कनेछन्। 

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका