१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच एमओयू सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:१७:oo

प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच एमओयू सम्झौता सम्पन्न भएको छ।

एन्ट फाउन्डेसनको क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रम ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज’मा ऐक्यबद्धता जनाउँदै सो फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व कोषमार्फत आर्थिक सहयोग गर्न सहकार्यको सम्झौता गरेका हुन्।

प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एन्ट फाउन्डेसनका फाउन्डर प्रशान्त ताम्राकारले एमओयूमा हस्ताक्षर गरी समझौतापत्र आदान–प्रदान गरेका छन्।

सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतको प्रोडक्टहरूमध्ये ‘प्रभु ऐश्वर्या योजना’मा आबद्व हुने महिलाबाट प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० प्रतिशत रकमका साथै सो योजनाबाट प्राप्त हुने मुनाफाको २० प्रतिशत रकम फाउन्डेसनलाई सहयोग गर्नेछ।

सो रकम महिला सशक्तीकरण तथा महिलामा हुने स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्वअन्तर्गत सहयोग गरिने प्रभु क्यापिटलले जनाएको छ।

ad
ad