Skip This
आमा र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा प्रदर्शन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १३ बुधबार १५:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आमा र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार १५:५८:oo

शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उपचारका क्रममा आमाको पनि  मृत्यु भएको भन्दै लमजुङ अस्पतालमा मृतकका परिवारले विरोध प्रदर्शन गरेका छन्।

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ९ पामचोककी २६ वर्षीया शोभा विकको शिशु मृत जन्मिएको र उपचारका क्रममा सुत्केरीको पनि मृत्यु भएपछि परिवारले विरोध प्रदर्शन गरेका हुन्।

मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन्। बिहानैदेखि जिल्ला अस्पताल लमजुङ तनावग्रस्त बनेको छ। अस्पतालको सेवा पनि प्रभावित बनेको छ।

शोभालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर अस्पताल भर्ना गरिएको थियो। शल्यक्रियाबाट मृतक शिशु निकालिएको थियो। सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो। चितवन पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

पीडित पक्षले अस्पतालमा प्रदर्शन गर्न थालेपछि बुधबार बिहान ११ बजेबाट अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासन, मृतकका आफन्त, स्थानीय तहका प्रमुखसहितको टोली छलफलमा जुटेका छन्। 

अस्पतालको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएका छन्। मृतकका परिवारले अस्पतालको गेटमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।