
राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद केन्द्रीय समितिमा मनोनीत भएका छन् । महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो ।
रास्वपाको ३९ सदस्यीय केन्द्रीय समितिमा यसअघि ६ सांसद मात्रै थिए । अब बाँकी १४ सांसद पनि केन्द्रीय समितिमा मनोनीत भएका छन् ।
सांसदहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, मनीष झा, डा. तोसिमा कार्की, हरि ढकाल, सन्तोष परियार, विनिता कठायत, शिव नेपाली, निशा डाँगी, डा. चन्दा कार्की, लक्ष्मी तिवारी, अशोक चौधरी र असिम शाह केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।
यससँगै रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय भएको छ । यसअघि केन्द्रीय सदस्य रहेका ढाकाकुमार श्रेष्ठ तथा मोहन थापा हाल केन्द्रीय समितिमा छैनन् । मन्त्री बन्न पैसा मागेको अडियो प्रकरणपछि श्रेष्ठलाई पार्टीले कारबाही गरेको थियो भने सोही प्रकरणमा नाम जोडिएका श्रेष्ठले हालै राजीनामा दिएका थिए ।