Skip This
घुस मागेको भन्दै इन्जिनियरमाथि कुटपिट, प्रहरीमा उजुरीपछि आन्दोलन  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o मङ्सिर १३ बुधबार १४:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घुस मागेको भन्दै इन्जिनियरमाथि कुटपिट, प्रहरीमा उजुरीपछि आन्दोलन  

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार १४:२६:oo

एक निर्माण व्यवसायीबाट कुटिएका लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीविरुद्ध लालझाडीका स्थानीयले आन्दोलन गरेका छन्।

निर्माण व्यवसायी र उपभोक्ताबाट घुस लिने गरेको गम्भीर आरोप लगाउँदै लालझाडीका केही स्थानीयले बुधबार गाउँपालिका कार्यालय पुगेर नाराबाजी गरेका हुन्।

सोमबार इन्जिनियर अवस्थीमाथि निर्माण व्यवसायी भीमबहादुर रानाको समूहले कुटपिट गरेको थियो। मंगलबार इन्जिनियर अवस्थीले ठेकेदार रानासहित चारजनाविरुद्ध प्रहरीमा उजुरी दिएपछि बुधबार स्थानीयले उनीविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी अधिकांश निर्माण व्यवसायी रानानिकट र उनका आफन्त भएको बताइएको छ। सोमबार इन्जिनियरमाथि भएको हातपातको घटना पनि घुस मागेकै कारण उत्पन्न भएको उनीहरूको जिकिर छ।

घुस माग्दा नदिएपछि इन्जिनियरले सताएका र ठेकेदार भीम राना समूहले सामान्य धकेलाधकेल मात्रै गरेको विषयमा निर्दोषलाई फसाउन खोजिएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ। 

ठेकेदार भीमबहादुर रानाले इन्जिनियर रामप्रसाद अवस्थीले हरेक योजनामा उपभोक्ता र निर्माण व्यवसायीबाट पैसा माग्ने र नदिनेको काम नगर्ने गरेकाले आन्दोलन गरेको दाबी गरे। 

तर, इन्जिनियर अवस्थीले पनि आफूले कुनै पनि निर्माण व्यवसायी र उपभोक्ताबाट घुस नलिएको बताउँदै आरोप अस्वीकार गरेका छन्। ठेकेदारले नै उक्साएर पठाएका व्यक्तिहरूले आफ्नो बदनाम गर्न दुष्प्रचार गरिरहेको उनको जिकिर छ। आफूमाथि कुटपिट गर्ने गिरोहले नै केही मान्छेलाई उक्साएर आन्दोलन गर्न पठाएको उनको भनाइ छ। 

यता, लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले इन्जिनियरमाथि कुटपिट गरेको प्रकरणमा दुवै पक्षसँग बुझेर अघि बढ्ने बताउँदै कार्यालयबाट नियमित कामकाज नरोकिने विश्वास व्यक्त गरे।