१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा सामूहिक कुटपिटबाट विवाहमा गएका एकजनाको मृत्यु, सात पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

कैलालीको लम्कीमा विवाहमा सहभागी भएका एक युवकको कुटपिटबाट मृत्यु भएको छ। घोडाघोडी नगरपालिका– २ घर भएका २६ वर्षीय मोहन अधिकारीको युवाहरूको समूहको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्नताको आरोपमा सातजनालाई पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ। लम्कीचुहा नगरपालिका– ९ घोराघाटका डिल्ली कोइरालाको विवाहमा लम्की गएका अधिकारीमाथि गएराति सामूहिक कुटपिट भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राति साढे १२ बजेतिर कुटपिटबाट घाइते भई बेहोस अवस्थामा भेटिएका उनलाई उपचारका लागि स्थानीयले लम्कीको लालरत्न अस्पताल पुर्‍याएका थिए। लालरत्नबाट थप उपचारका लागि नेपालगन्ज लगिएको र त्यहाँ उपचार हुन नसकेपछि टीकापुर अस्पताल ल्याइएको थियो।

टीकापुर अस्पतालले अधिकारीलाई बिहान मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। उनले प्रारम्भिक अनुसन्धानका क्रममा सामूहिक कुटपिटबाट अधिकारीको मृत्यु भएको देखिएको र घटनामा संलग्न भनिएका केहीलाई पक्राउ गरिएको बताए। ‘सातजनालाई पक्राउ गरेका छौँ, संलग्नता देखिएका थप केहीको खोजी भइरहेको छ,’ उनले भने।

लम्कीचुहा– ९ बस्ने २३ वर्षका विवेक भुल, २२ वर्षका विशाल भुल, सन्तोष परियार, दिलबहादुर चौधरी र पुरन सार्की तथा २४ वर्षका गणेश भुल र १५ वर्षीय पिन्टु चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।