Skip This
स्वर्णिम क्वार्टरफाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १३ बुधबार १o:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्वर्णिम क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार १o:२४:oo

स्वर्णिम नवौँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर महिलातर्फ मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा स्वर्णिमले साई निलायमलाई १०–६ ले पराजित गर्‍यो । स्वर्णिमकी नितिशा महर्जनले ५ स्कोर गरेकी थिइन् । जुनियर पुरुषमा आयोजक रेडियन्टले साई निलायमलाई १९–४ ले हरायो । इडेन ब्रिज एकेडेम (इबिए)ले पिपुल्स एकेडेमीमाथि २२–४ को जित निकाल्यो । 

सृजना ज्ञान सागरले रेडियन्ट रिडर्सलाई २०–६ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो । रेडियन्टका अर्नभजंग कार्कीले ७, इबिएका आदित्य श्रेष्ठले ९ र सृजना ज्ञान सागरका प्रिमल तामाङले ९ स्कोर गरे । सोही स्पर्धाको लिग खेलमा ग्रिनफिल्डले ग्रिन लन्सलाई २३–३ ले पाखा लगायो । ग्रिनफिल्डका लागि रिसन तामाङले ७ स्कोर गरेका थिए । 

सिनियर पुरुषमा ग्रिनफिल्डले स्किब्सलाई ३५–४ ले निराश पारेको छ । ग्रिनफिल्डका पूजन उप्रेतीले सर्वाधिक ११ स्कोर गरेका थिए । जेनिथले केभिसीलाई ४१–१६ ले हरायो । जेनिथका अनिश गुरुङले ८ स्कोर गरे । रेडियन्ट पब्लिकले रेडियन्ट रिडर्सलाई ४३–२२ र पिपुल्सले विस्डमलाई ३४–१२ ले पन्छ्याउँदै प्रिक्वार्टरफाइनल यात्रा तय गरे ।