Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १३ बुधबार o९:o८:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार o९:o८:oo

देशमा राजतन्त्र फर्काउनुपर्छ भन्नेहरूको आवाज मुखर हुँदै गएको हो ? 
देशमा राजतन्त्र फर्काउने उद्योग हिजो पनि चल्थ्यो, आज पनि चलिरहेकै छ र यो भोलि पनि चली नै रहनेछ । तर, हामीले त्यसको शक्ति कति छ, त्यसलाई हेर्नुपर्छ । पछिल्ला सडक गतिविधि हेर्दा तिनमा राजतन्त्र या राजसंस्थाप्रति आस्था राख्ने मानिसको बलियो उपस्थिति देखिन्न । यस्ता सानातिना विरोधले गणतन्त्र पल्टाउन सक्दैन । 

के अहिलेको लोकतान्त्रिक गणतन्त्र साँच्चै संकटमा छ त ?
अहिले गणतन्त्र होइन, त्यसको नेतृत्व तहमा बस्ने नेताहरूचाहिँ संकटमा छन् । राजनीतिक नेतृत्व, राज्य या सरकारले जनजीविकाका सवाललाई सम्बोधन गर्न सकेका छैनन् । रोजगारी सिर्जना गर्न सकेका छैनन् । गुणस्तरीय स्वास्थ्य र शिक्षालाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन सकेका छैनन् । देशमा सुशासनको अनुभूति दिन सकेका छैनन् । भ्रष्टाचार चुलिएको छ । अनि, आफ्ना यिनै कमजोरी ढाकछोप गर्न उनीहरू गणतन्त्र संकटमा छ भनिरहेका छन् । नत्र, केही मानिस सडकमा उत्रिँदैमा ढलिहाल्ने खालको कमजोर छैन हाम्रो गणतन्त्र । यसलाई फ्याँक्न कि सैनिक ‘कु’ हुनुपर्‍यो कि त निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर संविधान संशोधन गर्न सक्नुपर्‍यो । तर, यी दुवै सम्भावना अहिले देखिन्नन् । 

गणतन्त्र संकटमा छ भने संकटमोचनको बाटो पनि त होला नि ?
व्यवस्थामाथि भन्दा नेतृत्वमाथि प्रश्न उठेको हुनाले त्यसको संकटमोचन पनि उनीहरूबाटै खोजिनुपर्छ । जनता सुशासन चाहन्छन् । रोजगारी चाहन्छन् । गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा चाहन्छन् । भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छन् । नेतृत्वले यसतर्फ ध्यान दिने हो भने यसको संकटमोचन कठिन छैन ।