१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैँचा मर्मत गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

 महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गरिदिने भएको छ । बगैँचा मर्मतसम्बन्धी समझदारीमा बैंक र महालक्ष्मीस्थान व्यवस्थापन समितिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  

महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुंगाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले समझदारीपत्र आदान–प्रदान गरेको जनाइएको छ ।

महालक्ष्मी मन्दिरपरिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातावरणको अनुभूति प्राप्त गर्न मद्दत पुर्‍याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत गर्नका लागि समझदारी गरेको जनाएको छ । बैंकले ०७७ सालमा पनि बगैँचाको पुनर्निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको जनाएको छ । 

बैंकले इच्छुक दर्शनार्थीलाई मन्दिरमा डिजिटल दान–भेटी प्रदान गर्न सहजता पु¥याउने हेतुले क्युआर कोडको व्यवस्था पनि गरेको जनाएको छ ।