मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ११ शुक्रबार
  • Friday, 23 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर ११ सोमबार २०:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वेश्यावृत्ति गराएको आरोपमा स्पा सञ्चालक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर ११ सोमबार २०:०३:००

रोजगारीको प्रलोभनमा पारी स्पाको आवरणमा वेश्यावृत्ति गराएको आरोपमा संखुवासभाको चिचिला गाउँपालिका–१ का ४३ वर्षीय दिनेश पौडेल पक्राउ परेका छन्। 

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पौडेललाई पक्राउ गरेको हो। 

उनले काठमाडौंको रातोपुलमा नुवाकोट ब्युटी पार्लर एन्ड स्पा सेन्टर सञ्चालन गर्दै आएका थिए। स्पामा काम गर्ने नाबालिकासहित तीनजनालाई ब्युरोले उद्धार गरेको छ। 

प्रहरीका अनुसार उनले नाबालिकासहित युवतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्दैै आएका थिए। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाएको छ।