Skip This
धनगढीमा शव चिस्यान केन्द्र सञ्चालनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ११ सोमबार १५:४१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनगढीमा शव चिस्यान केन्द्र सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १५:४१:oo

धनगढी उपमहानगरपालिकाले निःशुल्क रूपमा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ। उपमहानगरले दुईवटा मेसिन खरिद गरेर शव चिस्यान सेवा सुरु गरेको हो।

टाढा रहेका आफन्त आउने पर्खाइमा धेरै दिनसम्म शव राख्न सहज होस् भनेर यो सेवा सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए। यो सेवा सुरु भएसँगै धेरै दिनसम्म शव राख्न नसक्ने समस्याले विदेशमा रहेकाहरू आफन्तको मृत्यु हुँदा फर्केर मुखसमेत देख्न नपाउने अवस्थाको अन्त्य हुने उपमहानगरले जनाएको छ। ‘हाम्रा धेरै दाजुभाइहरू वैदेशिक रोजगारीमा हुनुहुन्छ । आमाबुबाको मृत्यु हुँदा उहाँहरू मुखसमेत हेर्न पाउनुहुन्न,’ नगर प्रमुख हमालले भने, ‘मृत्युलाई त कसैले रोक्न सक्दैन, तर फर्केर आफन्तको अनुहार हेर्न पाइयोस् भनेर निशुल्क रूपमा शव चिस्यान केन्द्र सुरु गरेका हौँ।’

आवश्यक परेकाहरूको घरसम्म नगर प्रहरीले नै शव चिस्यान मेसिन पुर्‍याइदिने उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरले करिब सवा दुई लाखको लागतमा विद्युतबाट सञ्चालन हुने दुईवटा शव चिस्यान मेसिन खरिद गरेको छ।

विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउँदासम्म शवको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरिएको उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्।

धनगढी उपमहानगरपालिकाले विपन्न परिवारलाई आफन्तको निधन हुँदा अन्तिम संस्कारका लागि दाउरा खरिद गर्न पाँच हजार रुपैयाँसमेत दिने गरेको छ। आफन्तको मृत्यु भएको खबर गरेपछि नगर प्रहरीले त्यतिवेलै घरमा गएर शोकाकुल परिवारलाई उक्त रकम हस्तान्तरण गर्ने गर्छन्।