१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Saturday, 10 May, 2025
२o८o मङ्सिर ११ सोमबार १२:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयुश केडिया सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १२:o७:oo

युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’बाट सम्मानित भएका छन् । काठमाडौंमा आयोजित पर्सा मिलन केन्द्रले २३औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादवले केडियालाई सम्मान गरेका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य एवं आपूर्तिमन्त्री रमेश रिजाललगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको जनाइएको छ ।

डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरेको उल्लेख छ । सोही अवसरमा उद्योगपति ताराचन्द केडियाले उद्योग क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।