१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२४:oo

चिसोयाममा कपाल सुक्खा हुने, झर्ने, हाँगा फाट्नेलगायत समस्या देखिन सक्छ । कतिपयको कपालमा जाडो महिनामा चाया पर्ने गर्छ । फुंग उडेजस्तो पनि देखिन्छ । यस्ता समस्याले धेरैलाई पिरोलिरहेको हुन्छ । जाडोमा कपाललाई स्वस्थ र सुन्दर राख्न यी उपाय अपनाउन सकिन्छ । 
कन्डिसनर
कपालको प्रकृतिअनुसार कन्डिसनर प्रयोग गर्नुपर्ने हुन्छ । कपालको जरामा भने कन्डिसनर लगाउनुहुँदैन । कन्डिसनरले कपाललाई नरम र चम्किलो बनाउन सहयोग गर्छ । त्यसैले कन्डिसनर कपालका लागि महत्वपूर्ण छ । 
स्याम्पु
गुणस्तरीय स्याम्पुको प्रयोग गर्नुपर्छ । यसले कपाललाई चम्काउन सहयोग गर्छ । जाडोको वेलामा चिसो हावा चल्छ, जसले कपाललाई सुक्खा बनाउँछ । कपाल सुक्खा हुँदा कतिपयले धेरै स्याम्पु प्रयोग गरेका हुन्छन् । तर, बढी स्याम्पुको प्रयोगले कपाल टुक्रिने, झर्नेलगायत समस्या देखिन सक्छन् । हप्तामा दुईपटक स्याम्पु गर्नु राम्रो हुन्छ । 

ब्लो ड्रायर
चिसो कपालमा ब्लो ड्रायरको प्रयोग गर्नु राम्रो हुँदैन । तातो हावाले कपाललाई झन् सुक्खा बनाउँछ । बरु रुमालले पानी सोसेर कपाल सुकाउनु उपयुक्त हुन्छ । आवश्यकै परेमा तातो ब्लो ड्रायरको साटो चिसो ब्लो ड्रायरको प्रयोग गर्नुपर्छ । 
हेयर मास्क
जाडो महिनामा हप्ताको एकपटक हेयर मास्क लगाउनु उपयुक्त हुन्छ । हेयर मास्कले कपाललाई स्वस्थ मात्रै होइन, सुन्दर र मुलायम बनाउँछ । त्यसैले हप्तामा एकपटक हेयर मास्कको प्रयोग गर्नुपर्छ । 
ओेयल मसाज
चिसो मौसममा हप्ताको एकपटक तेल मालिस गर्दा राम्रो हुन्छ । नरिवल तेल, बदाम तेल, जैतुन तेल कपालका लागि लाभदायक हुन्छ ।

ad
ad