१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वसन्तपुरमा रहेको संस्कृत विश्वविद्यालयको भवन भत्काइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३२:oo

वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको भवन भत्काइने भएको छ । जीर्ण अवस्थामा रहेको भवन जुनसुकै वेला भत्किएर जनधनको क्षति हुन सक्ने भन्दै भत्काउन लागिएको हो ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलको संयोजकत्वमा गठित समितिले प्राविधिक प्रतिवेदनका आधारमा भवन भत्काउन सिफारिस गरेको हो ।

जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर गत १९ कात्तिकमा वडा कार्यालयमा निवेदन दिएका थिए । निवेदन वडाबाट मेयर, मेयरबाट प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतबाट सहरी व्यवस्थापन विभागमा पुगेको थियो । विभागले भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इन्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इन्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठ रहेको तीन सदस्यीय समिति गठन गरेर जिम्मेवारी दिएको थियो । समितिले ४ मंसिरमा प्रतिवेदन दिएको हो । प्रतिवेदनमा भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकाले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको उल्लेख छ ।

पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गाह्रो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गाह्रो ठाउँ–ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्यालवरपर ठाउँ–ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने हुँदा काठको मुसिङ, ढलीः आदि मक्किएको प्रतिवेदनले जनाएको छ ।

भवन कुनै पनि समयमा भत्किन सक्ने र जनधनको क्षति हुन सक्ने हुँदा तत्काल व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थीहित शाखाका नाममा रहेको भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो । बैठकमा समितिकी संयोजक डंगोलले, जोखिम हटाउने कामलाई प्राथमिकतामा राखेर जग्गा प्राप्त गर्ने प्रक्रियालाई निरन्तरता दिइने बताएकी छिन् । चार आना एक पैसा दुई दाममा भवन फैलिएको छ ।

गत ११ फागुनमा बसेको महानगरपालिकाको १३औँ कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थीहित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकामातहतमा ल्याउन र वडा ५ हाँडीगाउँमा रहेको कित्ता नम्बर ५७० को जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो ।