१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जुम्ला विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:११:oo

जुम्ला विमानस्थमा नयाँ टर्मिनल भवन बनाउन र धावनमार्ग विस्तार गर्न १८३ दशमलव ८० रोपनी जग्गा अधिग्रहण हुने भएको छ । जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिका लागि प्रारम्भिक चरणको सार्वजनिक सूचना आइतबार प्रकाशित गरेको छ । ०७६ सालमा विमानस्थल विस्तारका लागि डिपिआर बने पनि हालसम्म बजेट विनियोजन नहुँदा जग्गा अधिग्रहणको काम हुन सकेको थिएन ।   

चालू आर्थिक वर्षमा टर्मिनल भवन निर्माणका लागि चार करोड ४२ लाख बजेटसमेत विनियोजन भएको छ । सो बजेटले जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) र अप्रोनदेखि जहाजसम्म जाने बाटो (ट्याक्सी वे)लगायतका संरचना निर्माण हुने जुम्ला विमानस्थल प्रमुख अधिकारीले बताए । उनले भने, ‘यो बजेट जग्गा अधिग्रहणका लागि भने छुट्याइएको होइन । जग्गा अधिग्रहण नभए यो बजेट कार्यान्वयन हुने अवस्था छैन ।’

जग्गा अधिग्रहण र मुआब्जा व्यवस्था तथा हवाई इन्धनको डिपो स्थापनाका लागि जुम्लाकी सांसद कान्तिका सेजुवालले निरन्तर पहलमा जुटेको बताइन् । उनले भनिन्, ‘विमानस्थल विस्तारका लागि ०७६ सालमा डिपिआर बनेको थियो । जग्गा अधिग्रहणको मुआब्जाका लागि ४८ करोड चाहिने भए पनि सरकारले ५० लाख मात्रै विनियोजन गरेको उनले बताइन् ।

कार्यविधिनुसार एक चरणमा दुई करोडभन्दा बढी छुट्याउन नमिल्ने प्रक्रिया रहेछ । तर, विमानस्थल विस्तार र हवाई इन्धनको डिपो स्थापना गर्न जग्गा अधिग्रहण र बजेट व्यवस्थापन पहिलो प्रथामिकता रहेकोसमेत सांसद सेजुवालले बताइन् । जुम्लामा हवाई इन्धनको डिपो स्थापना भएपछि जुम्लाबाटै कर्णालीका अन्य जिल्लामा नियमित उडान छन् । 

जग्गा अधिग्रहणका लागि बजेट व्यवस्थापन गर्नु फलामको चिउरा चपाउनुजतिकै भएकाले सबैको पहलकदमीको आवश्यकता देखिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए । उनले भने, ‘चन्दननाथ नगरपालिका वडा नम्बर १ र २ का स्थानीयको जग्गा रहेको छ । यहाँका नागरिक विमानस्थल विस्तारका लागि जग्गा दिन तयार नै छन् । तर, लामो समयदेखि बजेटको व्यवस्थापन नहुँदा समस्या भएको हो ।’ 

ad
ad