१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली, नेप्से ४७ अंकले बढ्यो

कारोबार रकम दुई अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

साताको पहिलो कारोबार दिन सेयर बजारका सबै सूचकमा वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढेर एक हजार नौ सय ७.९५ बिन्दुमा पुगेको छ। क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैमा दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।

आज दुई सय १४ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीमा मात्रै गिरावट देखिएको छ। कुल ६५ लाख ३० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब एक करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज कारोबार रकममा समेत वृद्धि भएको छ। बिहीबार एक अर्ब ३३ करोडको सेयर कारोबार भएको थियो।

पहिलो कारोबार दिनमा नेप्सेका सबै समूहका सूचकमा समेत हरियाली छाएको छ। आज जीवन बिमा समूह सबैभन्दा धेरै ४.४४ प्रतिशतले बढेको छ। यसैगरी, फाइनान्स ३.९१, निर्जीवन बिमा ३.६७, व्यापार ३.५८, उत्पादन तथा प्रशोधन ३.१६ र हाइड्रोपावर ३.०६ प्रतिशतले बढेका छन्।

आइतबार छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, विजय लघुवित्त ९.९९, स्वरोजगार लघुवित्त विकास बैंक ९.८९, रावा इनर्जी ९.८८, मैलुङ खोला जलविद्युत् कम्पनी ९.७७ र सिंगटी हाइड्रो इनर्जी ९.७२ प्रतिशतले बढेका छन्।

यता, सबैभन्दा धेरै गिरावट हुनेमा इन्फिनिटी लघुवित्त, आशा लघुवित्त र आत्मनिर्भर लघुवित्त रहेका छन्। यिनीहरूको सेयर मूल्य क्रमशः २.४७, २.४४ र २.३९ प्रतिशतले गिरावट आएको छ।