१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:o६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o६:oo

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा के–के गर्दै हुनुहुन्छ ?
यस अवधिमा राष्ट्रिय महिला आयोग र लैंगिक अधिकारका क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाले आआफ्नो स्थानबाट विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्दै छन् । महिला आयोगले आज (आइतबार) आफ्नै हलमा यस अभियानको शुभारम्भ गर्दै छ । यस अवधिमा लैंगिक हिंसाविरुद्ध सचेतना जगाउन चित्रकला, सडक नाटक, विभिन्न अन्तर्संवादलगायत कार्यक्रममार्फत पैरवी गरिनेछ ।  

यस्तो अभियानले लैंगिक हिंसा न्यूनीकरणमा कस्तो प्रभाव पार्ला ?
समाजमा हिजो पनि यस्ता हिंसात्मक घटना हुन्थे र आज पनि भइरहेका छन् । तर, हिजो चेतना अभावमा सहेर बस्ने, बाहिर ल्याउन डराउने, उजुरी नगर्ने अवस्था थियो भने आज यस्ता कार्यक्रमका प्रभावस्वरूप हिंसाका घटनामा खासै कमी नआए पनि सहेर चुपचाप नबस्ने, उजुरी गर्ने, घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ । 

नेपालमा लैंगिक हिंसाको अवस्था कस्तो पाउनुहुन्छ ?
प्रहरीमा दर्ता भएका घटना, महिला आयोगमा आएका उजुरी र पत्रपत्रिकामा आएका समाचार हेर्दा लैंगिक हिंसा पटक्कै घटेको छैन । यस्ता घटना विगतमा पनि हुन्थे । तर, त्यतिखेर पीडितले पीडा सहेर बस्ने प्रवृत्ति थियो भने आज उजुरी गर्ने प्रवृत्ति बढेको छ । हाल छापा र अनलाइन मिडिया, सामाजिक सञ्जाल, इन्टरनेट  र मोबाइल फोनको सहजताले गर्दा हिंसाका घटना सजिलै सार्वजनिक भइरहेका छन् । तर, प्रविधिको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग पनि बढ्दो छ । सामाजिक सञ्जालमार्फत हुने लैंगिक हिंसाका कारण पारिवारिक विखण्डन र आत्महत्याका घटनासमेत बढिरहेका छन् ।