१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Saturday, 10 May, 2025
२o८o मङ्सिर ९ शनिबार १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनीमा ‘बुद्ध ज्ञान साइकल यात्रा’ गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार १६:२४:oo

साइकल सिटी भैरहवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थलहरूलाई समेटेर ‘बुद्ध ज्ञान साइकल यात्रा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यस वर्षको माघ १२ र १३ गते दुई दिन रामग्राम, देवदह, निग्लिहवा, तिलौराकोट, सग्रहवा, कुदान, गोटिहवा, लुम्बिनी हुँदै भैरहवासम्म ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरुवात गर्न लागेको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारू मगरले बताए।

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनीबाहेकका अन्य स्थान सधैँ ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट दुई सय साइक्लिस्टहरूलाई सहभागी गराएर साइकल यात्रा गराउन लागेको अध्यक्ष सारू मगरले बताए। यस वर्षदेखि हरेक वर्ष साइकल यात्रा हुने बताइएको छ।

हरेक वर्ष हुने ‘बुद्ध ज्ञान साइकल यात्रा’ले गौतम बुद्धसँग सम्बन्धित क्षेत्रहरुको अझ बढी प्रचारप्रसार हुने र लुम्बिनीबाहेक बुद्धसँग जोडिएका अन्य स्थानहरूको प्रचारप्रसारमा पनि सहयोग पुग्ने साइकल सिटी भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताए।

माघ १२ गते लुम्बिनी गेटबाट सुरु हुने साइकल यात्रा पहिलो दिन बुद्धसँग सम्बन्धित क्षेत्रहरू रामग्राम, देवदह, तिलौराकोट पुगेर बस्नेछ। दोस्रो दिन सग्रहवा, कुदान, गोटिहवा, लुम्बिनी हुँदै भैरहवा आई समापन हुनेछ।