१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
हमासले रिहा गरेका इजरायली बन्दी लिन राफा सीमा पार गर्दै अन्तर्राष्ट्रिय रेडक्रसको एम्बुलेन्स
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१८:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

हमासले गर्‍यो १३ इजरायली, १० थाई र एक फिलिपिनी रिहा, इजरायलले ३९ बन्दी छाड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१८:oo

इजरायल–हमास युद्धविराम सम्झौताको कार्यान्वयन सुरु

इजरायल र हमासबीच चारदिने युद्धविराम सम्झौताको कार्यान्वयन शुक्रबारबाट सुरु भएको छ । इजरायल–हमास युद्धविराम सम्झौताको कार्यान्वयन सुरु भएसँगै गाजापट्टीमा इजरायलले सात हप्तादेखि चलाइरहेको सैन्य कारबाही अस्थायी रूपमा थामिएको छ । दुवै पक्षले बन्दीहरूको रिहाइ सुरु गरेका छन् । 

युद्धविरामका यी चार दिनमा इजरायल र हमासले केही संख्यामा बन्धकहरू साटासाट गर्ने सहमति छ । सोही सम्झौता कार्यान्वयनको पहिलो दिन शुक्रबार हमासले १३ इजरायली रिहा गरेको छ । बदलामा इजरायलले केही प्यालेस्टिनी कैदीलाई इजरायली जेलबाट रिहा गर्ने कतारी मध्यस्थकर्ताले बताएका छन् । हमासले भिन्दै प्रक्रियामा १० थाई र एक फिलिपिनी बन्धकलाई पनि रिहा गरेको छ । 

इजरायली अधिकारीका अनुसार हमासले रिहा गर्ने १३ बन्दीको बदलामा इजरायलले ३९ प्यालेस्टिनी कैदीबन्दी रिहा गर्नेछ । पहिलो चरणमा इजरायलले रिहा गर्ने ३९ प्यालेस्टिनीमा २४ महिला र १५ बालबालिका हुने अपेक्षा गरिएको छ । सम्झौताअनुसार हमासले रिहा गर्ने प्रत्येक एक बन्धकबराबर तीनजना प्यालेस्टिनी कैदी इजरायली पक्षबाट रिहा हुनेछन् । चार दिनमा हमासले करिब ५० बन्धक रिहा गर्ने अनुमान मध्यस्थकर्ताले गरेका छन् । यसपछि पनि अनुमानित एक सय ९० बन्धक अझै हमासको नियन्त्रणमै रहनेछन् । 

अक्टोबर ७ मा हमासले इजरायलमा घातक हमला गरेयता इजरायली सेनाले गाजापट्टीमा आकाश, जमिन र समुद्रबाट निरन्तर हमला गरिरहेको थियो । इजरायलले स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि चार दिनका लागि सैन्य कारबाही अस्थायी रूपमा रोकेको हो । 

युद्धविराम सम्झौताको कार्यान्वयन सुरुवात भएसँगै मानवीय सहायता सामग्री बोकेका ९० वटा ट्रक र केही इन्धन बोकेका ट्रकहरू पनि रफाह क्रसिङबाट गाजा प्रवेश गरेको सिएनएनले लेखेको छ ।